काठमाडौं – ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई हिजो बेलुका काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो ।
उनी यसअघि पनि पटक पटक पक्राउ पर्दै आइरहेका थिए। पछिल्लो पटक उनी २०८२ साउनमा ठमेलको एक दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए ।
उनलाई अहिले गुण्डागर्दीमा पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनले गुण्डागर्दी गर्ने कुटपिट गर्ने, व्यवसायीहरूसँग पैसा माग्ने गरेका थिए। साथै, सानुभाइ कुनै समयका गुण्डा नाइके कुमार घैंटेको समूहका सक्रिय व्यक्ति हुन् ।



About Us
प्रतिक्रिया