बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता, ४० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि आज ४० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

केन्द्रीय बैंकले ५६ दिनको लागि ४० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेप ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १७ गते हुनेछ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी आवेदन दिन सक्नेछन् । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गर्ने केन्द्रीय बैंकले जनाएको छ ।