रास्वपालाई पत्याएन शेयर बजारले, नेप्से १६७ अंकले घट्दा ५६ अर्बको कारोबार


काठमाडौं – यो साता शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ। शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६७.९७ अंकले घटेसँगै गत साताको तुलनामा यो साता कारोबार रकम समेत घटेको छ। सातामा ५६ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ। गत साता ६९ अर्ब माथिको शेयर कारोबार भएको थियो। 

सातामा ५ दिन शेयर कारोबार हुँदा २ दिन बजार बढ्दा ३ दिन बजार घटेको थियो। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से ७१.०५ अंक, सोमबार ४७.७१ अंकले घट्दा मंगलबार भने १९.७० अंकले बढ्याे। यस्तै, बुधबार नेप्सेमा ७४.७३ को भारी गिरावट देखियाे। साताकाे अन्तिम कारोबारको दिन बिहीबार भने नेप्सेमा ५.८२ को झिनो अंकको वृद्धिसँगै बजार २७ सय ८२ दशमलव १८ को बिन्दुमा बन्द भयाे।

कारोबार कति?
आइतबारः १४ अर्ब, ७८ करोड रुपैयाँ
सोमबारः १२ अर्ब ६८ करोड रुपैयाँ
मंगलबारः १० अर्ब ९३ करोड रुपैयाँ
बुधबारः ११ अर्ब ८३ करोड रुपैयाँ
बिहिबारः ८ अर्ब ६९ करोड रुपैयाँ