बचतकर्ताको ५ अर्ब ५० करोड हिनामिना, गौतमश्री सहकारीका सीईओ विष्ट पक्राउ


काठमाडौं – गौतमश्री सहकारीका प्रमुख कार्यकारी अधिकृत ( सीईओ) रबिन विष्टलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि ४ हजार ७९९ जना बचतकर्ताको ५ अर्ब ५० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। 

यो सहकारी २०८० फागुन २९ मा समस्याग्रस्त सहकारी घोषणा भइसकेकाे छ। उनलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रहरी परिसर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मनोहर प्रसाद भट्टले जानकारी दिए।