बचतकर्ताको ४ अर्ब ५ करोड हिनामिना गर्ने गोरखा सहकारीका अध्यक्षसहित ४ जना प्रहरीको फन्दामा 

५ दिन म्याद लिएर अनुसन्धान जारी


काठमाडौं – गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अध्यक्ष मानसिंह राईसहित चार जना रहेका छन्।

पक्राउ पर्नेमा सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लालबहादुर क्षेत्री, सञ्चालकहरू कर्णबहादुर राई र अनलिकुमार राई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मनोहर प्रसाद भट्टले जानकारी दिए।

उनीहरूमाथि बचतकर्ताहरूको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार रुपैयाँ अपचलन गरेको आरोप छ। भट्टका अनुसार उक्त सहकारीमा १० हजार ५ सय बचतकर्ता रहेका छन्। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको भट्टले जानकारी दिए।

यो सहकारी २०८१ असार ६ मा समस्याग्रत घोषणा भइसकेको छ। उनीहरूमाथि ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको छ।