नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता


काठमाडौं – नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकले काठमाडौंको चावहिल, मूलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा रहेका ताजाका बेकरी खरिद गर्दा लाग्ने शुल्कमा छुट पाउनेछन्।

सम्झौताअनुसार नेपाल बैंकको मोबाइल बैंकिङ्ग एपबाट रकम भुक्तानी गर्दा न्यूनतम ५ सय रुपैयाँको खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा बैंकका बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरीका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।