काठमाडौं – नेपाल बैंक लिमिटेड र दराजबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ। चैत्र २० गतेदेखि चैत्र २७ गतेसम्म लागू हुने उक्त सम्झौतापत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र दराजको तर्फबाट प्रवन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरे।
नजिकिदै गरेको नयाँ वर्ष २०८३ लाई लक्षित गरी नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको हो। नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा ५०० रूपैयाँसम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा ७५० रूपैयाँसम्मको छुट प्राप्त गर्न सकिनेछ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा इ–कमर्स गर्नुपर्नेछ र उक्त कार्य गर्दा कुनै शुल्क लाग्ने छैन। त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको कुनै पनि शाखा मार्फत इ-कमर्स सक्रिय गर्नु पर्नेछ। बैंकले ग्राहकहरुलाई उक्त प्रयोजनार्थ आफ्नो कार्डमा इ–कमर्स गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ।



About Us
प्रतिक्रिया