काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षकलाई घुससहित पक्राउ गरेका छन्।
आयोगको टोलीले शुक्रबार बिहान मिथिला नगरपालिकाको लालगढबाट प्रहरी निरीक्षक वाेकिल अधिकारीलाई ४० हजार घुससहित पक्राउ गरेकाे हाे।
उनले कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने तथा फिल्डमा माटो–ग्राभेल झार्न नदिई विभिन्न बहाना बनाई दु:ख हैरानी दिई सेवाग्राहीसँग रिसवत माग माग्ने गरेको आयोगले जनाएको छ।



About Us
प्रतिक्रिया