काठमाडौं – नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेका प्राविधिक पदहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा नयाँ भर्ना खुलाएको हो। प्राविधिकतर्फ प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा भर्ना खुलेको छ।
प्रहरीले प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आवेदन मागेको छ।
सूचना प्रविधि, सञ्चार, भौतिक पूर्वाधार, सवारी, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, स्वास्थ्य र संगीत विधाका लागि जनशक्ति मागेको हो। प्रहरी जवानतर्फ चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म दरखास्त दिन सकिनेछ।



About Us
प्रतिक्रिया