फेसबुकबाट जापान पठाइदिन्छु भन्दै रकम मागी ९० लाख ठगी गर्ने एक जना पक्राउ


काठमाडौं – फेसबुकबाट जापान पठाइदिन्छु भन्दै ९० लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङकी वन कुमारी गुरुङ रहेकी छिन्। 

उनले फेसबुकमा फेक अकाउन्ट खोली पीडितहरूसँग कुरा गरी आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भन्दै ४ जनाबाट रकम ठगी गरेको प्रहरीले बताएको छ। 

गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।