नेपाल लाइफले भन्यो, ‘दीपक भट्टसँग कारोबार छैन’


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले व्यवसायी दीपक भट्टसँग कुनै कारोबार नरहेको बताएको छ । कम्पनीले एक सुचना जारी गर्दै भट्टसँग कुनै कारोबार नभएको बताएको हो ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत शेयरधनी भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स लगायतका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनीबाट ३७ करोड दुरूपयोग गरेको भन्ने आरोप लागेपछि कुनै कारोबार नरहेको जनाएको हो । सुचनामा भनिएको छ, ‘भट्टसँग यस विषयमा कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गर्दछौं ।’

कम्पनीले सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरुको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको उल्लेख गरेको छ ।