काठमाडौं- विवादित व्यवसायी दीपक भट्टमाथि सम्पत्ति सुद्धिकरणको अनुसन्धान सुरु भएपछि बीमा कम्पनीका अध्यक्षले धमाधम राजीनामा दिन थालेका छन्। विगत लामो समयदेखि विचौलियाकारुपमा राज्य संयन्त्रमा चलखेल गर्दै आइरहेका भट्टमाथि बालेन सरकारले अनुसन्धान अघि बढाएको छ। यससँगै, बीमा कम्पनीका अध्यक्षहरूले धमाधम राजीनामा दिन थालेका हुन्।
सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले भट्टमाथि अनुसन्धान अघि बढाएपछि माघ अन्तिम सातामा हिमालयन रिका अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिएका थिए। हिमालयन रिमा भट्टको उल्लेख्य शेयर छ। यसपछि, भट्टको लगानी रहेको भनिएको क्रेस्ट माइक्रोफाइनान्सका अध्यक्ष ऋषिराज मोरले समेत पदबाट राजीनामा दिएका हुन्।



About Us
प्रतिक्रिया