काठमाडौं – गृहमन्त्री सुधन गुरुङ मन्त्रालय कै सोफामा सुतेका छन्। बिहीबार अबेरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरूङ राति मन्त्रालयमै सुतेका हुन्।
उनले कार्यकक्षको सोफामै सुतेकाे तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘निर्माता भन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’
याेपनि:
गृहमन्त्री गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी हिजो साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन्।
सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ त्यहाँ पुगेका बताइएको छ। अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिए।

विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत गराए। साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन पनि उनले निर्देशन दिए।



About Us
प्रतिक्रिया