जेनजी आन्दोलनका घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल


काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेका छन्। घाइतेहरूलाई पूर्व सांसद डा.सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आइरहेका छन्।

सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा.शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए। साथै, उनले शर्मालाई भेटेर घाइतेहरूको अवस्था समेत बुझेका थिए। अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन्, भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको शर्माले बताए।

शर्माले भने, ‘तपाईँ आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु।’