काठमाडौं – व्यवसायी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिन म्याद दिएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई १० दिन म्याद दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार उनलाई पक्राउ गरेको हो। भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
भट्टले बीमा ऐन २०७९ को दफा १४० को कसुर गरेर सम्पत्ति आर्जन गरेको सो सम्पत्ति धितोपत्र बजार र अन्य क्षेत्रमा लगानी गरेर शुद्धीकरण गरेको आरोप छ।



About Us
प्रतिक्रिया