काठमाडौं – सिटी वालेट र छिटो पैसा एक आपसमा मर्जरमा गएका छन् । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु सिटी वालेट प्रा. लि. र छिटो पैसा प्रा.लि एक आपसमा गाभिएका हुन् ।
नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७’ को विनियम ३७ को उप– विनियम १३ मा भएको व्यवस्था बमोजिम जानकारी गराएको हो । संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिए पश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न/गाभिनका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।
दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार वैशाख ३ गते बिहीबारदेखि एकीकृतरुपमा ‘सिटी वालेट प्रा. लि.’ को नामबाट सञ्चालन हुने केन्द्रीय बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया