काठमाडौं – नेपाल राष्ट्र बैंकले २०८२ फागुन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १ खर्ब ८८ अर्ब ६४ करोड भित्रिएको बताएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दै फागुनसम्ममा रेमिट्यान्स ३७.७ प्रतिशतले बढेको बताएको हो ।
३७ प्रतिशत बढेको रेमिट्यान्स १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।
यस्तै, समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो ।
केन्द्रीय बैंककाअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ रहेको थियो ।



About Us
प्रतिक्रिया