अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ : सभापति लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभापति रवि लामिछानेले अब नेपाल लगानीका लागि पूर्ण रुपमा सुरक्षित रहेको बताएका छन् । प्रतिनीधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपाल लगानीको लागि सुरक्षित रहेको बताएका हुन् ।

उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपाल लगानी गर्न सुरक्षित हुने आधारहरु प्रष्ट पारेका हुन् । उनले सरकारले राजनीतिक स्थिरता, कानूनी सुरक्षा र पारदर्शी प्रशासनको ग्यारेन्टी गर्ने बताएका हुन् । ‘प्राकृतिक स्रोत र युवा जनशक्तिको यो देशमा अभाव छैन ।’ उनले भने,‘ गैह्र आवासिय नेपालीहरुलाई म आग्रह गर्छु नेपालमा केही गरौं, तपाईहरु नेपालको आर्थिक विकासमा जाेडिनुस्।’

उनले लगानी सुनिश्चित बनाउने भन्दै नीजि क्षेत्रमा बचौलिया र माफियाहरुले विगारेको आचरण सुधार्न सुरु गरेको बताए । नीतिहरु अब बजारमा बिक्री नहुँने भन्दै उनले भने, ‘निर्णयहरु अब कसैको दबाबमा बन्ने छैनन् । व्यवसायीक क्षेत्रमा नीजि क्षेत्रले अनुभव गरेको असुरक्षा, अनिश्चितता र दबाब सधैका लागी समाप्त हुनेछ ।’

उनले सरकारले व्यवसायी स्वतन्त्रताको जिम्मेवारी लिने बताए ।