व्यवसायी दीपक भट्ट पक्राउ


काठमाडौं – व्यवसायी दीपक भट्टलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। उनलाई आज (बिहिबार) पक्राउ गरिएको सीआईबीका प्रमुख मनोज कुमार केसीले जानकारी दिए।

उनलाई काठमाडौंको नक्सालबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए।

ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ।