काठमाडौं – अमेरिकन डलर देखाई तीन लाख ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट सरोज भन्ने सुबास तामाङ र मकवानपुरका फुर्साङ, पासाङ भन्ने गौरव स्याङ्तान रहेका छन्।
उनीहरूले नुवाकोटका दिपक थापालाई थानकोटको पिपलबोटमा स्थित बोलाई १२ हजार ६ सय अमेरिकन डलर सस्तो दरमा साटिदिन्छु भन्दै ठगी गरेका थिए। थापासँग ३ लाख ठगी गरी फरार रहेको उनीहरूलाई काठमाडौंको नाग मन्दिर कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थानकोट, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
सुबास तामाङमाथि जिल्ला अदालत काठमाडौंबाट चोरी मुद्दामा २ वर्ष ११ महिना १ दिन कैद, ३५ हजार जरिवाना र १ हजार ४ सय क्षति पूर्ति शुल्क बुझाउनु पर्ने फैसला भएको थियो। साथै, उनी ४ पटक मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया