‘सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो, १ घण्टा ७ मिनेट बोल्न मन छ’


काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले संसद बैठकमा बोल्न कम समय दिइएको जनाएका छन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।

साेही आज बैठकमा शीर्ष नेता बोल्ने कार्यक्रम छ। अध्यक्ष साम्पाङले बैठकमा बाेल्ने समय कम दिइएकाे भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत् असन्तुष्टि जनाएका हुन्।

उनले लेखेका छन्, ‘सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो, सात मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ। देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर’