स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा पौड्याल नियुक्त


काठमाडौं – स्ट्यान्डर्ड चाटर्ड बैंकको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त भएका छन्। बैंकको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो पदमा पौड्याल नियुक्त भएका हुन्। 

पौड्याललाई सिद्धान्त राज पाण्डेको स्थानमा नियुक्त गरेको बैंकले जनाएको छ। उनको कार्यकाल चैत १९ गते अर्थात् भोलीदेखि सुरु हुनेछ।