यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी 


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७४.७३ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्य कुण्ड हाइड्रो इलेक्ट्रीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका हुन्। 

जसमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्य कुण्ड हाइड्रो इलेक्ट्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन्।

आज यस कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.२८ प्रतिशत, त्यस्तै, नेशनल हाइड्रोपावरको ७.१७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ७ प्रतिशतका दरले गुमाएका छन्। 

त्यससँगै, आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, अपि पावरको ४५ करोड ७२ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४३ करोड २३ लाख रुपैयाँ, शिवम् सिमेन्टको ४२ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।