काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सले आजदेखि सबैले खरिद गर्न सकिने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता शेयर बिक्रीमा राखेको हो।
सो शेयर कम्पनीले शेयर खरीद गर्न इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले आवेदन दिन सक्नेछन्। उक्त शेयरको बिक्रीमूख्य प्रतिकित्ता न्यूनतम २४० रुपैयाँ तोकिएको छ। सो शेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ता लागि पेश गर्नु पर्नेछ। बोलपत्र आज चैत १८ गतेदेखि चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन्।
बोलपत्र फाराम काठमाडौंको बालुवाटारस्थित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडमा प्राप्त गर्न र बुझाउन सकिनेछ। बिक्री अवधिभर परेका बोलपत्रहरू चैत २६ गते बिहान ११ बजे बिक्री प्रबन्धक रिलायबल क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ।



About Us
प्रतिक्रिया