प्रि ओपन सेसनमा ०.५४ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.५४ अंकले बढेर बन्द भएको छ। यस सेसनमा ८८ लाख ८३ हजार रुपैयाँको शेयर कारोबार भएसँगै १३ हजार ८१२ कित्ता शेयर किनबेच भएको छ।

सो सेसनमा ७२ कम्पनीले कारोबार गर्दा २६ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै १८ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।