चोरी मुद्दामा २० हजार जरिवाना तोकिएका दुई जना  फरार प्रतिवादी  पक्राउ


काठमाडौं – चोरी मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावरीका शेर महरा र कैलालीको घोडाघोडीका तपेन्द्र भण्डारी रहेका छन्। 

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई  जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

पक्राउ परेकामध्ये महरालाई चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र १० हजार जरिवाना र भण्डारीलाई ५ महिना १५ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको थियो।