काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने बताएका छन् । मङ्गलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।
अर्थमन्त्री वाग्लेले चेम्बरका पदाधिकारीहरूलाई इमानदार उद्योगी व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन काम गर्ने बताए । उनले राज्यका कारण रोजगारी सृजना गर्नेले अब दुःख हैरानी नपाउने विषयको आफ्ले ग्यारेन्टी गर्ने बताए । ‘तपाईंहरूलाई उँड्ने, फैलने सुविधा राज्यले दिन्छ । देश बनाउने हुटहुटी बोकेर आएका छौँ । अर्थतन्त्र बलियो बनाउने हो । आउनुस् हातेमालो गरौं’ अर्थमन्त्री वाग्लेले भने ।
उनले उद्योग अर्थतन्त्र बनाउन राज्यले कामहरु गर्ने बताउँदै व्यवयसायीहरुरू पनि इमानदार भइदिनुपर्ने बताए । अर्थतन्त्र बलियो बनाउन, मुलकको सर्वाङ्गीण विकास गर्ने काममा सबैजना एक ठाउँमा उभिन तयार रहनुपर्ने उनको भनाई थियो ।
‘मैले पटक पटक भन्ने गरेको छु । निजी क्षेत्र इमानदार भइदिनुस् । राज्यले दिलोज्यान दिएर तपाईंहरूलाई सहयोग गर्छ ।’ वाग्लेले भने, ‘म त्यसको जिम्मा लिन्छु तर, नियोजित र प्रायोजित गल्ति र बेइमानीमा भने हामी निर्मम हुन्छौं।’



About Us
प्रतिक्रिया