काठमाडौं – पछिल्लो समयमा व्हाट्स एप ह्याक गरी साथीभाइ र आफन्तसँग पैसा माग्ने तथा विभिन्न लोभ देखाई ठगीका घटनाहरू बढिरहेका छन्। यस्ता ठगिबाट बच्न सतर्कता अपनाउन प्रहरी आग्रहले गरेका छ।
नेपाल प्रहरीको केन्द्रीय कार्यालयले एक विज्ञप्ति निकाल्दै व्हाट्स एप बाट हुने ठगीबाट बच्न आग्रह गरेको हो। प्रहरीले कुनै पनि व्यक्तिलाई ओटिपी, लिंक वा क्युआर कोड दिन जस्ता कार्यहरू नगर्न अनुरोध गरेको छ।
साथै, यस्ता ठगीबाट बाच्न प्रत्यक्ष फोन गरेर पुष्टि गर्ने, दुई कारक प्रमाणीकरण प्रयोग गर्ने, मोबाइलमा आएको ओटिपी कोड कसैलाई पनि नदिने, अनिवार्य रूपमा Two-Step Verification राख्ने, शङ्कास्पद लिङ्क क्लिक नगर्न गर्नुपर्ने प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया