काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ। सो समूहले महासंघको नयाँ विधान अनुरूप उपाध्यक्ष सहित १७ जनाको उम्मेदवारी घोषणा गरेको हो। उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको छ।
यसैगरी सदस्यहरूमा संघको तर्फबाट कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बन्जाडे र विप्लव अधिकारी रहेका छन्। यस्तै,महासंघकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरूमा सुनैना घिमिरे पाण्डे र सुधीर पराजुली रहेका छन्।
वस्तुगततर्फको सबै क्षेत्रलाई समावेश गरेर बनाइएको सो समूह सबैभन्दा सशक्त र बलियो रहेको छ। उपाध्यक्षका उम्मेदवार श्रेष्ठको समूहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आइटी, घरजग्गा व्यवसाय, जलविद्युत लगायत सबैजसो क्षेत्रलाई समावेश गरी आफ्नो टिम निर्माण गरिएको उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले जानकारी दिए।
आफूहरूले सबै क्षेत्रलाई समावेश गरी बलियो र सशक्त टिम घोषणा गरेको र आसन्न निर्वाचनमा टिमका सबैले जीत हासिल गर्ने उनको भनाई थियो। आफूहरूले सशक्त र जुझारु व्यवसायीहरू समावेश गरी बस्तुगततर्फको टिम निर्माण गरेको जानकारी दिँदै यस टिमको जीत सुनिश्चित रहेको समेत उनले जानकारी दिए।



About Us
प्रतिक्रिया