१ करोड ३० लाख हिनामिना गर्ने एनआईएमबी बैंकका कर्मचारी प्रहरी फन्दामा


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंककाे उदयपुरस्थित गाईघाट शाखाकाे रकम हिनामिना गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रीयुगा –५ की सुनिता बानियाँ रहेकी छिन्। 

उनलाई बैंकले दिएको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका सूचना अधिकारी निरन्जन थापाले जानकारी दिए। बानियाँ साेही बैंककी कर्मचारी हुन्। उनले १ करोड ३० लाख हिनामिना गरेको बैंकले आरोप लगाएको छ।