डेपुटी गभर्नर नियुक्तीको रस्साकस्सी, गभर्नरले भेटे प्रधानमन्त्री


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बिच भेटवार्ता भएको छ। उनीहरुले हिजो अर्थात् सोमबार भेटवार्ता गरेका हुन्।

बिहान १०ः३० बजे प्रधानमन्त्री कार्यालयमा गभर्नर पौडेल र शाहबिच भेटवार्ता भएको हो। राष्ट्र बैंक स्रोतकाअनुसार सो भेटघाटका क्रममा देशको आर्थिक अवस्थाको बारेमा सामान्य छलफल भएको थियो। भेटका क्रममा प्रधानमन्त्री शाहले कसैको दवावमा नपरी स्वतन्त्र भएर काम गर्न निर्देशन दिए। यस्तै, गभर्नर पौडेलले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरिसकेका छन्।

अर्थमन्त्रीको भेटका क्रममा १०० दिने कार्यसूचीलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको थियो। यस्तै, डेपुटी गभर्नर नियुक्तीको विषयमा समेत सो भेटमा छलफल भएको बुझिए पनि हिजो बसेको मन्त्रीपरिषद्ले केही निर्णय भने गरेन। डेपुटी गभर्नर नियुक्तीको रस्साकस्सीबिच नै गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग छलफल गरेका हुन्।

तत्कालीन डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र गत फागुन २५ गते पाँच वर्षे कार्यकाल पूरा गरी अवकाशमा गएपछि दुवै पद खाली भएका हुन्। डेपुटी गभर्नर नियुक्तिको प्रक्रिया सुरु भएपनि अझै नियुक्ति हुन सकेको छैन।