काठमाडौं – नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको कार्यकारिणी समिति सदस्य पदमा दोस्रो कार्यकालका लागि महासंघका वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठको प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन्।
स्पष्ट वक्ता, सफल र इमान्दार उद्यमीको रूपमा परिचित उनी नेपालको तयारी पोशाक निर्यात, कृषि, पर्यटन तथा हस्पिटालिटी क्षेत्रका एक स्थापित हस्ती हुन्। उनले नेपाल तयारी पोशाक उद्योग संघ को अध्यक्षको रूपमा नेतृत्व गर्दै तयारी पोशाक उद्योग लगायतका समग्र वस्तुगत क्षेत्रले भोग्दै आएका नीतिगत समस्याहरूलाई राज्यको उच्च तहसम्म पुर्याई समाधानका लागि सरकारसँग नजिक रही निर्णायक भूमिका निर्वाह गरेका छन्।
हाल महासंघको कार्यकारिणी सदस्यको रूपमा सक्रिय रहँदै उनले निजी क्षेत्रको समग्र उत्थानमा निरन्तर योगदान पुर्याइरहेका छन्। वर्तमान चुनौतीपूर्ण आर्थिक परिवेशमा निजी क्षेत्रका समस्याहरूलाई गहिराइमा बुझ्दै व्यवसायीहरूको आवाजलाई सशक्त र प्रभावकारी रूपमा उठाउन सक्ने क्षमता र अनुभवले महासंघलाई थप सुदृढ बनाउने उनले विश्वास व्यक्त गरेका छन्।
नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP)सम्मानबाट समेत सम्मानित हुनुका साथै विभिन्न सरकारी विषयगत समितिहरूमा रही नीतिगत योगदान पुर्याउँदै आएका छन्। नेपालको हालैको राजनीतिक परिवर्तनपछिको परिवेशमा गठन भएको युवा पुस्ताको सरकारसँग समन्वय कायम गर्न आफू स्वयं युवा पुस्ताका प्रतिनिधि भएकाले देशको उत्पादनदेखि निर्यातसम्मका क्षेत्रमा राज्यसँग प्रभावकारी र सशक्त समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने क्षमता रहेको बताउँछन्।



About Us
प्रतिक्रिया