नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली हवाई उडानमा थप उडान सुरु गर्‍यो


काठमाडौं – नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई रुटमा उडान सेवा थप विस्तार गरेको छ। हाल आरए २१७/२१८ उडानमार्फत दैनिक एउटा उडान सञ्चालन भइरहेका बेला यात्रुको बढ्दो माग र चापलाई मध्यनजर गर्दै निगमले नयाँ व्यवस्था ल्याएको हो।

निगमका अनुसार चैत १७ गतेदेखि आरए २०५/२०६ उडानमार्फत हप्तामा तीन दिन थप उडान सञ्चालन हुनेछ। यससँगै काठमाडौं–दिल्ली–काठमाडौं रुटमा हप्तामा जम्मा १० वटा उडान हुने भएका छन्।

यात्रुहरूको सुविधा र मागलाई ध्यानमा राखेर गरिएको यो विस्तारले नेपाल र भारतको राजधानीबीचको हवाई यात्रालाई अझ सहज र नियमित बनाउने अपेक्षा गरिएको छ।