काठमाडौं – स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा ६ हजार ७०० र चाँदी १४५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८४५ रुपैयाँ कायम भएको छ।
हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० रुपैयाँ कायम भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया