प्रि ओपन सेसनमा ०.०३ अंकले घट्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.०३ अंकले घटेर २८ सय ३१ दशमलव ३६ को बिन्दुमा पुगेर बन्द भएको छ। यस सेसन भरमा ४१ लाख ४५ रुपैयाँको शेयर कारोबार भएको छ भने ७ हजार ९८२ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनभरमा ५४ कम्पनीले कारोबार गर्दा २० कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनी शेयर मूल्य घटेसँगै १२ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।