काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आफ्ना सम्पूर्ण कार्यक्षेत्रभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको जनाएको छ।
मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यसहित उक्त निर्णय कार्यान्वयनमा ल्याएको स्पष्ट पारेको छ।
प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असर न्यूनीकरण गर्न तथा वैकल्पिक एवं वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो कदम चालिएको मन्त्रालयको भनाइ छ।



About Us
प्रतिक्रिया