काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भन्सार विभाग पुगेर अनुगमन तथा ब्रिफिङ लिएका छन् । सो क्रममा उनले विभागका कर्मचारीहरुलाई इमानदारीपूर्वक राजश्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिए । राजश्व संकलनमा इमानदारीपूर्वक लागे मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउन सक्ने पनि उनले बताए ।
राजश्व संकलन बढाएर सरकारको बृहत् समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै उनले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष अनुगमन भइरहेको बताए । सो क्रममा उनले विभागमा रहेको भन्सार ल्यावको पनि अनुगमन गरेका थिए ।



About Us
प्रतिक्रिया