काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरु मार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ आकर्षक साजसज्जामा २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।
नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूमा नयाँ आशा, भरोसा एवं उमङ्ग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ नेपाली लोक बाजा सङ्ग्रहालयको समेत सहयोगमा नयाँ क्यालेन्डर सार्वजनिक गरेको हो।
बैंकले देशको विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक महत्त्व भएका लोकप्रिय तथा लोपोउन्मुख बाजाहरू र बजाउने शैलीसहितका तस्बिरहरू भएको भित्ते तथा टेबल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको छ।
नेपालका विभिन्न समुदायमा रहेका लोक तथा सांस्कृतिक बाजाहरू हाम्रो संस्कृति, परम्परा, पहिचानका प्रतीकका साथसाथै सांस्कृतिक सम्पदा हुन्। यस कार्यले यिनीहरूको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।साथै, बैंकले क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चाङ्ग तिथि लगायतका विवरणहरू समावेश गरेको छ। ग्राहक तथा सरोकारवालाहरुले बैंकको वेबसाइट मार्फत भित्ते तथा टेबल क्यालेन्डर सजिलै डाउनलोड गर्न सकिने व्यवस्था बैंकले गरेको छ।



About Us
प्रतिक्रिया