यातायात कार्यालय एकान्त कुनाबाट १५ जना बिचौलिया पक्राउ


काठमाडौं – जिल्ला प्रहरी परिसर ललितपुरले यातायात कार्यालय एकान्त कुनाबाट १५ जना बिचौलियाहरू पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सात दोबाटोबाट खटिएको स्वीप अप्रेसन प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरूले यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने गरेकाे प्रहरीले जनाएकाे छ। उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सात दोबाटोमा राखी थप अनुसन्धान भइरहेको छ।