ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी


काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरूद्ध ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। उनले सुनिता खड्का नाम गरेकी एक महिलाविरुद्ध  साइबर ब्युरोमा उजुरी दिएका हुन्। 

उनले उजुरीमा खड्का रास्वपा समर्थक रहेको बताएका छन्। उनले उजुरीमा लेखेका छन्, ‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसञ्चारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ 

उनले उक्त उजुरी आफ्नो सामाजिक सञ्जालमा समेत राख्दै यस्तो लेखेका छन्, ‘कारबाही गर्छ कि गर्दैन त आफ्नो समर्थकलाई सरकारले ?’