प्रधानमन्त्री शाहद्वारा सांसदहरूसँग छलफल


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गरेका छन्। उनले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका हुन्।

प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले जानकारी दिए। ‘प्रधानमन्त्रीज्यूले क्षेत्रगत विषयमा समस्या, क्षेत्रगतरूपमा ‘ब्रिफिङ’ लिए। तत्काल गर्नुपर्ने कामको बारेमा जानकारी लिनुभयो’, उनले भने।

प्रत्येक सांसदले क्षेत्रगतरूपमा आ–आफ्नो समस्या राखेको सांसद चौधरीले जानकारी दिए। सांसद चौधरीले आफूले ट्रेड युनियनहरूले उठाइरहेको लेबी शुल्क रोक्नका लागि श्रम ऐनको २०७४ दफा ३८ (ज) संशोधन गर्नुपर्नेबारेमा ध्यानाकर्षण गराएको बताए।