सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका पूर्वमन्त्री खड्का अस्पताल भर्ना


काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। उनलाई आइतबार बिहान टिचिङ अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।

काठमाडौं जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। खड्काविरूद्ध भदौ २४ गते उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाइएको हो।