अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर


सिड्नी – अष्ट्रेलियाको शेयर बजार सोमबार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको छ। विश्वव्यापी तेल मूल्य निरन्तर बढ्दै गएपछि बजारमा दबाब परेको हो। एस एन्ड पीरएएसएक्स २०० सूचकाङ्क सोमबार कारोबार सुरु भएको पहिलो घण्टामै १.४ प्रतिशतले घटेर ८ हजार ३९७ अङ्कमा झरेको छ। यो सूचकाङ्क शुक्रबारको बन्द अवस्थामा रहेको ८ हजार ५१६.३ अंकबाट तल आएको हो।

सोमबार बिहानसम्म हेर्दा यो प्रमुख सूचकांक पछिल्लो एक महिनामा झण्डै ८.७ प्रतिशतले घटिसकेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी तेलको मूल्य प्रति ब्यारेल १२० अमेरिकी डलर नजिक पुगेको छ, जसले शेयर बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरूले बताएका छन्।

सोमबार बिहानको कारोबारमा विशेषगरी वित्तीय र स्वास्थ्य क्षेत्रमा बढी गिरावट देखिएको छ।