छिमेक लघुवित्त वित्तीयको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता शेयर बिक्रीमा राखेको हो।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ कायम गरी बिक्रीमा राखेको हो। संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ।

सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेका शेयर संख्या खुलाएर काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनसक्नेछन्।