काठमाडौं – नेपाल टेलिकमको हाकिम भन्दै नेपाल टेलिकम लगायत अन्य सरकारी र अर्ध सरकारी निकाय र संस्थानहरूमा करारमा जागिर लगाइ दिने तथा कृषि अनुदान उपलब्ध गराई दिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीका तुलाराम कोलीलाई पक्राउ गरेको हो।
कोलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको छ। उनलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी यस कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध हालसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा १ करोड १९ लाख बिगो बराबरको ठगी सम्बन्धी १० वटा उजुरीहरू प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।



About Us
प्रतिक्रिया