काठमाडौं – पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थप गरेको छ। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए।
उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो। उनीहरूलाई १४ गते बिहान उनीहरूकै निजी निवासबाट पक्राउ गरेको थियो। उनीहरू विरुद्ध भदौ २३/२४ मा भएको जेनजी प्रदर्शनमा दमन गरेर किशोरहरूमाथि घातक हतियारबाट गोली प्रहार गर्ने आदेश दिएको आरोप छ।



About Us
प्रतिक्रिया