काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। उक्त रिटमा भोलि सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुुनुवाइ पनि भोलि नै हुनेछ।



About Us
प्रतिक्रिया