काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली काँग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण विभाग पठाएको छ। सीआइबीका पवक्तम शिव कुमार श्रेष्ठका अनुसार खड्कालाई विभाग पठाइएको हो।
उनलाई आज बिहान महाराजगन्जबाट सीआईबीले पक्राउ गरिएको हो। जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो। साथै, उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्।



About Us
प्रतिक्रिया