नेपालगञ्ज – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार बनेका ५६ जनामध्ये ४३ जनाले मात्र निर्वाचन खर्च बुझाएका छन्। जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५६ जना उम्मेदवार बनेका थिए।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा ५६ जनाले उम्मेदवारी दर्ता गराएकोमा हालसम्म ४३ जनाले मात्र खर्च विवरण बुझाएका छन्। कार्यालयका सूचना अधिकारी युवराज पन्तका अनुसार अझै १३ जनाले निर्वाचन खर्च बुझाउन बाँकी रहेको छ।
निर्वाचन परिणाम घोषणा भएको एक महिनाभित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। चैत २३ गतेभित्र खर्च विवरण बुझाइसक्नुपर्ने समयसीमा रहेको छ।
बाँके जिल्लाको क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी, क्षेत्र नं २ बाट नेकपा (एमाले) का मोहम्मद इश्तियाक राई र क्षेत्र नं ३ बाट रास्वपा कै खगेन्द्र सुनार निर्वाचित भएका थिए।



About Us
प्रतिक्रिया