काठमाडौं – हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे केही बेरअघि एक विज्ञप्ति जारी गर्दै उनी चिकित्सकको अवलोकन एवं निगरानीमा रहकाे जनाएको छ।
‘हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ’, अस्पतालले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ।’



About Us
प्रतिक्रिया